मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १९ मंगलबार
  • Wednesday, 02 April, 2025
२o८१ चैत १९ मंगलबार o९:३६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्रिड कम्पनीको सिइओमा श्रेष्ठ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १९ मंगलबार o९:३६:oo

नेपाल विद्युत् प्राधिकरणको अनबन्डलिङ नीतिअन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा इन्जिनियर सागर श्रेष्ठ नियुक्त भएका छन् ।

खुला प्रतिस्पर्धाबाट छनोट भएका श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिले सोमबारको बैठकबाट चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले भारतको आइआइटी रुडकी विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । हाल ग्रिड कम्पनीसँग करिब एक सय १० अर्ब रुपैयाँबराबरको ११ वटा परियोजनाको पोर्टफोलियो छ ।