मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिंसात्मक आन्दोलनपछि दुर्गा प्रसाईं भूमिगत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३o:oo

राजतन्त्रको पक्षमा शुक्रबार राजधानीमा हिंसात्मक आन्दोलन गरेका दुर्गा प्रसाईं भूमिगत भएका छन्। गृह मन्त्रालयले उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए पनि पक्राउ परेका छैनन्। 

उनको लोकेसन पत्ता लगाउन नसकिएको प्रहरी स्रोत बताउँछ । सामाजिक सञ्जालमार्फत भने उनले प्रहरीलाई चुनौती दिदै जहाँ बोलाए त्यहीँ आउने बताएका छन्। 

शुक्रबार प्रदर्शन अराजक बनाउन उनले नै प्रदर्शनकारीलाई उक्साएका थिए। कतिसम्म भने प्रहरीलाई समेत धकलेर निषेधित क्षेत्रमा गाडी चलाएका थिए। त्यतिवेला प्रहरीले उनीमाथि बल प्रयोग गरेन । त्यसपछि थप उत्साहित बनेका उनले भिडलाई उत्तेजित बनाएपछि तोडफोड र आगजनी भएको थियो। प्रहरीले समयमै बल प्रयोग गर्न नसक्दा त्यो भिडले मिडिया हाउसदेखि भाटभटेनीसम्ममा तोडफोड गरेका थिए। 

पूर्वराजा ज्ञानेन्द्र शाहले राजतन्त्रको पक्षमा भएको सो आन्दोलनमा प्रसाईंलाई नै कमान्डर तोकेका थिए। जसमा नवराज सुवेदी, धवलशमशेर जबरा तथा रवीन्द्र मिश्रलगायत सहभागी थिए।