मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
Invalid date format १९:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मटेरियल्स विज्ञानसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन भोलिदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४२:oo

मटेरियल्स विज्ञानसम्बन्धी दोस्रो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन भोलि बिहीबारदेखि ललितपुरमा हुने  भएको छ।

नेपाल मटेरियल्स साइन्स सोसाइटीको आयोजना एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सुदूरपश्चिम विश्वविद्यालय, जापानको नेसनल इन्स्टिच्युट अफ मटेरियल्स साइन्स, वर्ल्ड प्रिमियर इन्टरनेसनल रिसर्च सेन्टर, रिसर्च सेन्टर फर मटेरियल्स नानोस्ट्रक्चर, अमृत साइन्स क्याम्पस र पुल्चोक क्याम्पसको सहआयोजनामा तीनदिने सम्मेलन हुने भएको हो।

सम्मेलनका संयोजक डा. प्रकाशचन्द्र लोहनीका अनुसार सम्मेलनमा ६ विधामा ११४ विद्यार्थी, अनुसन्धानकर्ता र वैज्ञानिकको अवधारणापत्र प्रस्तुत हुनेछ। प्रमुख विषयहरू क्वान्टम मेकानिक्स, ऊर्जा भण्डारण तथा रुपान्तरण, हाइड्रोजन उत्पादन, जलवायु परिवर्तनलगायत छन्। भारत, चीन, स्विट्जरल्यान्ड, जापान, अमेरिका, अस्ट्रेलियालगायत १२ देशका वैज्ञानिकको सहभागिता रहने उनले बताए।
 
विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का उपकुलपति प्राडा दिलीप सुब्बाले बिहीबार बिहान सम्मेलनको औपचारिक उद्घाटन गर्ने आयोजकले जनाएको छ।

डा. लोककुमार श्रेष्ठले वैज्ञानिक अनुसन्धानमा आउने नयाँ पुस्ताले समाजमा परिवर्तन ल्याउन सक्ने बताए। सम्मेलनले नेपालका अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय वैज्ञानिक मञ्चमा आफूलाई प्रस्तुत गर्ने अवसर दिने र स्नातक, स्नातकोत्तर तथा पिएचडीका विद्यार्थीलाई अनुसन्धान तथा प्रविधि विकास क्षेत्रमा लाग्न थप प्रेरित गर्ने   डा. देवलप्रसाद भट्टराईले बताए।

मटेरियल्स साइन्स सोसाइटीले यसअघि गत कात्तिकमा पहिलो अन्तर्राष्ट्रि वैज्ञानिक सम्मेलन गरेको थियो।