मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १७:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुलमानको बर्खास्तीबारे ओली– कसैलाई ठुलो घाटा परेछ, छाती पिटी-पिटी रोइरहेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १७:४१:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरू देशलाई अघि बढ्न नदिने चाहनाले लागिपरेकाे आरोप लगाएका छन्।

संसद् अवरोधको विषयमा असन्तुष्टि जनाउँदै उनले भने, ‘उहाँहरू देशलाई एक पाइलो अघि बढ्न नदिन चाहनुहुन्छ। त्यसका निम्ति एउटा बहाना संसद् अवरुद्ध गर्ने।’

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर प्रतिपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि एमाले अध्यक्षसमेत रहेका ओलीले राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘अनेक प्रकारका शक्तिहरू छन्। सरकारले एउटा कर्मचारी निकाल्यो अरे। ठुलो घाटा परेछ कसैलाई, छाती पिटी-पिटी रोइरहेका छन्।’

विपक्षीले जसरी भन्यो त्यसरी चल्ने र सरकारलाई अफ्ठ्यारोमा पार्ने कर्मचारी राख्न नसकिने प्रस्ट पार्दै ओलीले भने, ‘प्रधानमन्त्रीले आएर जवाफ दिनुपर्‍यो रे। कहाँ जवाफ दिने? जवाफ दिइसक्यो प्रधानमन्त्रीले। थाहा पाइएन? एउटा हटायो, अर्को नियुक्ति गर्‍यो। सिद्धियो।’