मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिए संसद् चल्दैन : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१४:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चित्त बुझ्दो जवाफ दिनुपर्ने बताएका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले यसबारे प्रधानमन्त्री ओलीले चित्त बुझ्दो जवाफ नदिए प्रतिनिधिसभाको बैठक चल्न नदिने प्रस्ट पारे।

उनले भने, ‘कुलमानलाई बर्खास्त गरिएको विषयमा प्रधानमन्त्रीले संसद्को रोस्ट्रममा आएर चित्त बुझ्दो जवाफ दिनुपर्छ। चित्त बुझ्दो जवाफ आए सदन चल्छ, नत्र चल्दैन।’

प्रचण्डले प्रधानमन्त्री ओलीसँग टिआरसीको विषयमा छलफल भए पनि कुलमानलाई बर्खास्त गर्नेबारे कुनै छलफल नभएको प्रस्ट पारे। रासस