मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

हितेन्द्रमा कसरी ‘सिफ्ट’ भयो बिचौलिया समूह ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:४४:oo

बिचौलिया समूहले सुरुमा पूर्वसचिव अर्जुन कार्कीलाई कुलमानको विकल्पमा अघि सारेको थियो । आफूअनुकूल निर्णय गर्न आनाकानी नगर्ने र नडराउने सुरो स्वभावका व्यक्तिका रूपमा कार्की उनीहरूको रोजाइमा परेका थिए ।

ऊर्जामन्त्री दीपक खड्का त्यसमा तयार नै थिए । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणालाई मनाउने अभियानमा थिए । देउवादम्पती त तयार थिए । तर ओली सहमत थिएनन् ।

खास गरेर कार्कीले पछिल्लो समय लेखेका लेखहरूले ओली असन्तुष्ट थिए । नेताहरूको प्रवृत्ति र शैली ठिक नभएको जिकिरसहितका उनको लेखका कटिङ र प्रिन्टकपी नै बालुवाटार पुगेका थिए । आफ्नै ‘कोर’ टिमबाट पनि ओलीलाई ‘कार्की उपयुक्त नहुने’ सुझाव थियो । 

बिचौलिया समूहलाई कुलमान हटाइछाड्ने र आफ्ना काम सहज रूपमा अगाडि बढाउने पात्र चाहिएको थियो । सत्तारूढ शीर्ष नेताहरूसहित उनीहरूबिच कुलमान हटाउनेमा एकमत भए पनि कसलाई ल्याउने भन्नेमा सहमति हुन सकेको थिएन ।

यस्तो वेला बिचौलिया समूहले व्यक्तिभन्दा परिणाम मुख्य ठान्यो । प्रधानमन्त्री ओली पनि सहमत हुने र आफूहरूको चासो पनि सम्बोधन हुने देखिएपछि हितेन्द्रदेव शाक्य ‘सिन’मा आए । बिचौलिया समूहले नै देउवापत्नी आरजुलाई प्राधिकरणको कार्यकारी निर्देशक एमालेलाई दिने गरी शाक्यको नाममा सहमत गराएको स्रोतको भनाइ छ ।