मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार १o:२५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

छेन्दु-पोखरा व्यावसायिक चार्टर उडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १o:२५:oo

चीनको सिचुवान एयरलाइन्सको न्यारोबडी विमानले मंगलबारदेखि छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु रुटमा व्यावसायिक चार्टर उडान सुरु गरेको छ । सिचुवानले तीन महिना साताको एक दिन नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।

छेन्दुबाट मंगलबार एक सय २८ यात्रु लिएर १० बजे पोखरा आएको एयरबस–३९१ विमानले पोखराबाट मेयर धनराज आचार्यको नेतृत्वमा एक सय २५ जना यात्रु लिएर १२ बजे छेन्दुतर्फ उडेको थियो । चीनबाट सिचुआन प्रान्तका सरकारी अधिकारी, पर्यटन व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकारलगायत आएका छन् । 

त्यस्तै, पोखराबाट मेयर आचार्यसँगै पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणि लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीसँगै पर्यटन व्यवसायी र पत्रकारहरू रहेका छन् ।

पोखराबाट १९ चैतमा हुने अर्को उडानमा उद्योगी–व्यवसायीको टोली र २ वैशाख ०८२ मा हुने अर्को उडानमा विभिन्न संघ–संस्थाको टोली छेन्दु पुग्नेछन् । पोखरा आउने र छेन्दु जानेहरूका लागि सात रात आठ दिनको प्याकेज बनाइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।