मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
२o८१ चैत ६ बुधबार १o:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाका दुई क्याम्पसमा नेविसंघको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १o:२o:oo

त्रिभुवन विश्वविद्यालयको आंगिक र सम्बन्धनप्राप्त गरी सिराहास्थित दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको मंगलबार भएको निर्वाचनमा प्रत्यक्षतर्फ नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ । सिराहा सदरमुकामस्थित आंगिक क्याम्पस सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा संघका पृथ्वीकुमार यादवसहित प्यानलै विजयी भएको छ । सभापतिमा १७८ मतसहित यादव विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी मोर्चाका विवेककुमार मण्डलले ११० मत ल्याएका छन् । 

सचिवमा नेविसंघका रोहितकुमार यादव १९२ मतसहित विजयी भएका छन् भने निकटतम् प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी मोर्चाका गणेशकुमार दासले १२० मत पाएका छन् । कोषाध्यक्षमा नेविसंघका राम यादवले १८४ मत र मोर्चाका सोनुकुमार गोइतले ११५ मत ल्याएका छन् । सदस्यहरुमा नेविसंघका उपेन्द्रकुमार गुप्ता, राधिकाकुमारी मण्डल, कञ्चन पासवान, आरतीकुमारी मण्डल, अजिताकुमारी यादव, विशाल यादव र मनीषाकुमारी यादव विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै, लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस सभापतिमा नेविसंघका रोहितकुमार ५७५ मतसहित निर्वाचित भएका छन् । स्ववियु निर्वाचन समितिका अनुसार निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका मनीषकुमार चौधरीले ४३१ र तेस्रो स्थानमा संयुक्त विद्यार्थी संगठनका ललित यादवले १३४ मत ल्याएका छन् । सचिवमा संघका सुजितकुमार यादव ५६० मतसहित निर्वाचित हुँदा अनेरास्ववियुका सन्तोषकुमार यादवले ४२३ मत पाएका छन् भने संगठनका जीवछकुमार ठाकुरले १२८ मत पाएका छन् । 

त्यस्तै, कोषाध्यक्ष पदमा संघका अमलेश सिंह ५६८ मतसहित निर्वाचित हुँदा अनेरास्ववियुका मो. कलामले ४०४ मत पाएका छन् भने संगठनका भोगेन्द्रप्रसाद शर्माले १४२ मत ल्याएका छन् । जेएस स्ववियुमा संघबाट सदस्यहरू शर्मिलाकुमारी चौधरी, अभिनवकुमार महासेठ, उज्जवलकुमार झा, रिकेश सदा, मो. अनिश शेख, आशका रुचाल र सुनमकुमारी चौधरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।