मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ६ बुधबार
  • Wednesday, 19 March, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ चैत ६ बुधबार १४:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा नेविसंघले पाँच क्याम्पस जित्यो, दोस्रोमा अखिल क्रान्तिकारी

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ चैत ६ बुधबार १४:११:oo

त्रिभुवन विश्वविद्यालयको एक आंगिकसहित कञ्चनपुरका १५ क्याम्पसमध्ये सातवटा क्याम्पसमा मात्रै निर्वाचन भएको छ । निर्वाचनको निर्धारित तालिका अनुसार आंगिक क्याम्पस सिद्धनाथ विज्ञानबाहेक आठ क्याम्पसमा निर्वाचन हुन सकेको छैन । एक क्याम्पसमा भागबन्डा भएको, ६ क्याम्पसमा निर्वाचन र अर्को एक क्याम्पसमा अनेरास्ववियुका उम्मेदवारको मात्रै नामावली प्रकाशित भएपछि राप्रपानिकट विद्यार्थी संगठनले तालाबन्दी गरेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेको छ । 

दानेश्वर बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ताकै दिन एमालेनिकट अनेरास्ववियुका उम्मेदवारको मात्रै नामावली प्रकाशित गरिएको थियो । त्यसको भोलिपल्ट राप्रपानिकट विद्यार्थीले तालाबन्दी गरेको थियो । ३ चैतमा क्याम्पस प्रशासनले सबै संघसंगठनलाई सहमतिका लागि आमन्त्रण गरे पनि संघसंगठन वार्तामा नआएपछि अर्को सूचना जारी नहुँदासम्म चुनाव स्थगित गरिएको जनाएको छ । दानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णदत्त जोशीले विद्यार्थी संघसंगठनहरूको आन्तरिक विवादले चुनाव गर्न नसकिएको बताए । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चयनका लागि ५ चैतमा सम्पन्न भएका जिल्लाका सात क्याम्पसमध्ये पाँचमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र दुई माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले पूरै प्यानलसहित जितेको छ । नेविसंघले रौलेश्वर जनता आदर्श, जनता, कञ्चन,  कृष्ण बैजनाथ र भानु बहुमुखी क्याम्पस र अखिल क्रान्तिकारीले रामपुर र महाकाली बहुमुखी क्याम्पस जितेको छ । 

महाकालीमा अखिल क्रान्तिकारीका नेता दीपक चौधरी र रामपुरमा रविना राना नेतृत्वको प्यानल निर्वाचित भएको छ । कञ्चनमा नेविसंघका  सुनील ऐर, कृष्ण बैजनाथमा करन भट्ट, भानुमा सुवास नेगी, रौलेश्वर जनता आदर्शमा मोहन जैसी र जनतामा विकास खड्काले चुनाव जितेका छन् । एमालेनिकट अनेरास्ववियुले सात ठाउँमा सम्पन्न भएको निर्वाचनअनुरूप एक ठाउँ पनि जितेको छैन । यसअघि रौलेश्वर र कञ्चनमा जितेको अनेरास्ववियुले यसपटक  गुमाएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दलबहादुर धामी (अरिवल)ले निर्वाचित भएका क्रान्तिकारी स्ववियु पदाधिकारीहरूलाई विद्यार्थीको हकहितमा काम गर्न आग्रह गरेका छन् ।