
सिटिजन्स बैंकले ग्राहकहरूका लागि अब घरमै बसी–बसी मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा पान (PAN) अपडेट गर्न तथा ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ।
यस सुविधापश्चात् ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास लिएको बैंकले जनाएको छ।
बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६६ वटा एटिएम, तीन विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ एकाइहरूबाट १८ लाख ५० हजार ग्राहक वर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ।