मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
सौरभ यादव सप्तरी
२o८१ चैत ५ मंगलबार १o:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सप्तरीमा आगलागीमा परी १३ वटा घर जलेर नष्ट

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १o:oo:oo

सप्तरीमा आगलागीमा परी १३ वटा घर जलेर नष्ट भएका छन्। मंगलबार बिहान छिन्नमस्ता गाउँपालिका– ४ लालापटीमा आगलागीमा परी आठवटा घर र सोमबार साँझ राजविराज– ६ मा पाँचवटा घर जलेर नष्ट भएका छन्। 

लालापटीमा बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीबाट घर, गोठसहित सरसामान जलेर नष्ट भएको र  चौपायासमेत मरेको  प्रहरीले जनाएको छ। स्थानीय देवनारायण पण्डितको दुईवटा घर, रामेश्वर पण्डितको घर र गाईगोठ, भान्साघर र जुगेश्वर पण्डितको घर र गोठ जलेर नष्ट भएको सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए। उनले आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर,भाँडा, मोबाइल, सुन चाँदीसमेत जलेर नष्ट भएको जानकारी दिए।

आगलागीमा दुईवटा खसी र एउटा भैँसी जलेर मरेका छन् । स्थानीय र सुरक्षाकर्मीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।यस्तै, सप्तरीको राजविराज नगरपालिका– ६ मा सोमबार साँझ आगलागी हुँदा पाँचवटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय दुबीलाल यादवको गोठघरबाट विद्युत्‌को तार सर्ट भएर आगलागी हुँदा यादवको दुईवटा गोठघर, एउटा भान्सा र एउटा बस्ने घर गरी चारवटा र छिमेकी सुरेश शर्माको एउटा घर र फर्निचर तथा फर्निचरमा रहेको काठ जलेर नष्ट भएको छ। राजविराज नगरपालिका र प्रहरी तालिम केन्द्रबाट आएका दुईवटा बारुणयन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।