मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
२o८१ चैत ५ मंगलबार १३:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘रत्नाकर महाविहार’मा तामाको छाना लगाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १३:o४:oo

यहाँको पाटनस्थित रत्नाकर महाविहारमा तामाको छानो लगाइने भएको छ । रत्नाकर महाविहार उपभोक्ता समितिले उक्त ऐतिहासिक महाविहारको छाना फेर्न लागेको हो ।

उपभोक्ता समितिका अध्यक्ष करुणारत्न बज्राचार्यका अनुसार ललितपुरमा १६ वटा महाविहार छन् । रत्नाकर महाविहार चर सय वर्ष पहिले राजा सिद्धिनरसिंह मल्लले पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरबाट ललितपुर महानगरपालिका– १६ मा सारेको इतिहास छ ।

उनी भन्छन्, ‘रत्नाकर महाविहार ऐतिहासिक सम्पदा हो । ०३८ सालअघिको तस्बिरअनुसार महाविहारमा जस्तापाताको छाना देखिन्छ । त्यसयता झिँगटीको छाना लगाइएको थियो । झिँगटीको छाना पुरानो हुँदै जाँदा छिट्टै पानी चुहिने र बाँदरले सजिलै क्षति गर्ने भएकाले हाल तामाको छाना लगाउँदैछौँ ।’

हाल कुल लागत २८ लाख ९८ हजार ८७९ मा आगामी वैशाखमा काम सक्ने गरी छाना फेर्ने काम सुरु भएको छ । जसअनुसार बागमती प्रदेश, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, पर्यटन विकास आयोजनाअन्तर्गत २५ लाख ९६ हजार १५१ बजेट छ भने सम्पदा संरक्षणका लागि रत्नाकर महाविहार उपभोक्ता समितिले रु. तीन लाख दुई हजार ७२७ व्यहोर्ने भएको छ ।

ललितपुरको अधिकांश ऐतिहासिक सम्पदामा हरेक वर्ष रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा डोरीले क्षति पुर्‍याउने गरेको र झिँगटीको छाना पुरानो हुँदै जाँदा पानी चुहिने समस्या झेल्नुपरेको रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचार्यले बताए ।

नेवारी संस्कारअनुसार गुठीअन्तर्गतका विभिन्न कार्यक्रम महाविहारमा आयोजना गरिन्छ । नेवारी समुदायको परम्पराअनुसार महाविहारमा भेटघाट र भोज हुने गर्छ । रासस