
एनएमबि बैंकले ग्रिन सेभिङ्स डिपोजिट (हरित बचत खाता)नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई आफ्नो महत्त्वपूर्ण भूमिका खेल्न मद्दत गर्दछ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ ।
सो खाताबाट ग्राहकहरूले आफ्नो लगानीको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । एनएमबि बैंकको ग्रिन सेभिङ्स डिपोजिट खाता खोली, ग्राहकले पनि जलवायु परिवर्तनविरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमालो गर्न सक्नेछन् । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खातामार्फत ग्राहकले पनि आफ्नो प्रतिबद्धता जनाउन सक्नेछन् ।
एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र नाै एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।