मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
रासस काठमाडौं
२o८१ चैत ५ मंगलबार १६:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रहरी महानिरीक्षकद्वारा पदबहाली, देशको शान्तिसुरक्षा प्रमुख प्राथमिकता

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार १६:o८:oo

प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन्। पद बहालीसँगै उनले मुलुकको शान्तिसुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन्।

मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति भएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन गरेका थिए।

त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुखजस्तो गरिमामय पद प्राप्त गरेकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको कामना गरे।

सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो।

पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन संगठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरे।

पद बहालीअघि उनले नेपाल प्रहरी प्रधान कार्यालयपरिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालयपरिसरमा निमको बिरुवा रोपे।