मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025
संजित परियार काठमाडाैं
२o८१ चैत ५ मंगलबार o९:१२:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

तस्बिरमा स्ववियु निर्वाचन 

Read Time : > 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत ५ मंगलबार o९:१२:oo

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ४६ वटा आंगिक क्याम्पससहित अरू सम्बन्धनप्राप्त क्याम्पसमा पनि आज चुनाव भइरहेको हो । बिहान ८ बजेदेखि सुरु भएकाे मतदान साँझ ४ बजे समापन हुनेछ । १३ वटा आंगिक क्याम्पसमा चुनावी प्रक्रिया रोकिएको छ । त्रिविको ६४ वटा आंगिक क्याम्पस र एक हजार ५३ वटा सम्बन्धनप्राप्त क्याम्पस छन् । ०७९ मा ५० वटा आंगिक र  तीन सयभन्दा  बढी सम्बन्धप्राप्त क्याम्समा चुनाव भएको थियो ।

विद्यार्थी संख्या दुई सय जनासम्म भएका प्रत्येक क्याम्पसमा ११ सदस्यीय, २०१ देखि एक हजारजनासम्म विद्यार्धी भएको क्याम्पसमा १५ सदस्यीय, एक हजार एकदेखि तीन हजारजनासम्म विद्यार्थी भएको क्याम्पसमा १९ सदस्यीय र तीन हजार एकजनाभन्दा बढी विद्यार्थी संख्या भएको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहने व्यवस्था छ ।

त्रिवि विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा ६ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै संघसंगठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुन सक्ने व्यवस्था रहेको छ ।

सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।