मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ४ सोमबार o८:५८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिबिफिन र काठमाडौं फिनटेकबिच रणनीतिक साझेदारी सम्झौता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ४ सोमबार o८:५८:oo

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र काठमाडौं फिनटेक प्रालि (केएफ)बिच नेपाली बैंकिङ क्षेत्रमा डिजिटल परिवर्तन, नेतृत्व विकास तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले रणनीतिक साझेदारी गर्ने सम्झौता भएको छ । सोमबार भएको सम्झौतामा सिबिफिनका महानिर्देशक रोशन कोइराला र काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार दुई संस्थाले बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्यका लागि नवीनतम प्रविधि, नीति, अभ्यास, नियमन, सुशासन, अनुपालना, रणनीतिक वित्तीय व्यवस्थापन, बैंकिङ क्षेत्रमा डिजिटल प्रविधि एवं फिनटेक अपनाउने प्रक्रिया र साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम तथा प्रशिक्षण कार्यक्रम र उच्चस्तरीय सम्मेलन आयोजना गर्न सहकार्य गर्नेछन् ।

त्यस्तै, रणनीतिक नेतृत्व विकास तथा निर्णय क्षमता अभिवृद्धिको विशेष तालिम सञ्चालन गर्ने, बैंकिङ पहुँच एवं समावेशी वित्तीय साक्षरता प्रवद्र्धन, नैतिक बैंकिङ अभ्यास तथा सुशासन अभिवृद्धि गर्ने परियोजना सञ्चालन गर्ने कार्यमा सहकार्य गरिने सम्झौतामा उल्लेख गरिएको छ । काठमाडौं फिनटेकले कार्यक्रम आयोजना, स्रोत व्यवस्थापन तथा प्राविधिक विशेषज्ञता प्रदान गर्नेछ भने सिबिफिनले परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग गर्ने उल्लेख गरिएको छ ।