मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १३:४४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नासाको स्पेसएक्स मिसन : अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १३:४४:oo

प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले  शुक्रबार एजेन्सीको क्रु–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् ।

यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समयअनुसार साँझ ७:४८ बजे स्पेसएक्स फाल्कन ९ रकेटबाट प्रक्षेपण गर्ने तालिका थियो, तर फाल्कन ९ रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रविधिको समस्याका कारण प्रक्षेपण रद्द गरिएको नासाले जनाएको छ।

नासाका अनुसार मिसन प्रबन्धकहरूले बुधबार साँझ भेट गरे र अन्तरिक्ष यानको उडानमार्गमा उच्च हावा र वर्षाको पूर्वानुमानका कारण प्रक्षेपण प्रयास बिहीबार स्थगित गर्ने निर्णय गरे ।

यो मिसनले चार अन्तरिक्ष यात्रीहरूलाई आइएसएसमा लैजानेछ । गत जुनदेखि अन्तरिक्षमा फसेका नासाका अन्तरिक्ष यात्री सुनी विलियम्स र बुच विल्मोरसहित चार अन्तरिक्ष यात्रीहरूलाई फाल्कनले पृथ्वीमा ल्याउनेछ ।रासस/सिन्ह्वा