मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ चैत १ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १o:o८:oo

सन् १६४७ : ‘तीसवर्षे युद्ध’का क्रममा फ्रान्स, स्विडेन, बाभारियाबिच उल्म सम्झौतामा हस्ताक्षर भयो । फ्रान्स र स्विडेनले बाभारिया कब्जा गरेपछि उक्त सम्झौता भएको थियो । 

सन् १७९४ : एली ह्वाइट्नीले कपासको फाइबरलाई बियाँबाट अलग गर्ने ‘कटन जिन मेसिन’को प्याटेन्ट पाए । यस मेसिनले दक्षिण अमेरिकी राज्यका कपास उद्योगमा क्रान्ति ल्याउन सघाएको थियो । 

सन् १८७९ : विश्व चर्चित वैज्ञानिक अल्बर्ट आइन्सटाइन आजकै दिन जर्मनीमा जन्मिएका थिए । 

सन् १९०० : अमेरिकी कंग्रेसले ‘गोल्ड स्ट्यान्डर्ड एक्ट’ पारित गरेसँगै अमेरिकी मुद्रा सुन मानकमा गयो । 

सन् १९२३ : अमेरिकी राष्ट्रपति वारेन जी. हार्डिङ कर तिर्ने पहिलो अमेरिकी राष्ट्रपति बने । उनले अघिल्लो वर्षभरिको ७५ हजार डलर तलबमा १७ हजार डलर कर तिरेका थिए । 

सन् १९९० : डच वनस्पतिविज्ञ ह्युगो डे भराइसले कार्ल कोरेन्स र एरिक भोन चेरम्याकसँग मिलेर ग्रेगर मेन्डलले ३५ वर्षअघि पत्ता लगाएर झन्डै बिर्सिन लागेको ‘आनुवांशिक तथा जननिक’को नियमलाई पुनः पुष्टि गर्दै प्रकाशमा ल्याए ।