मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025
२o८१ चैत १ शुक्रबार १o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईमा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाई वडाले जनही २५ हजार दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत १ शुक्रबार १o:o८:oo

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको एउटा वडाले यही चैत ७ गतेबाट हुने एसइईमा ‘ए’ प्लस नजिता ल्याउने विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद २५ हजार नगद दिने भएको छ । हेटौँडा उपमहानगरपालिका– १७ का वडाध्यक्ष उद्धव सत्यालले वडा कार्यालयले एसइईमा ‘ए’ प्लस नतिजा ल्याउने विद्यार्थीलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

उनले वडाबाट एसइईमा सहभागी हुने विद्यार्थीलाई बिदाइ कार्यक्रममा आगामी एसइई परीक्षामा ‘ए’ प्लस नतिजा ल्याए जनही २५ हजार रुपैयाँ पुरस्कार दिने बताए ।  उनले आफ्नो घोषणाले विद्यार्थीलाई पढाइका लागि प्रेरणा मिल्नुका साथै साँच्चै ‘ए’ प्लस ल्याउने विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि सहयोगसमेत हुने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष सत्यालले हेटौँडा– १७ मा बालबोध माध्यमिक विद्यालय र राजदेवी माध्यमिक विद्यालय गरी दुईवटा मावि विद्यालय रहेको जानकारी दिए । दुवै विद्यालयमा गरी यस वर्ष ५४ जनाले एसइईमा सहभागिता जनाउने उनको भनाइ छ ।

उनका अनुसार बालबोध माविबाट ३३ र राजदेवी माध्यमिक विद्यालयबाट २१ गरी ५४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । यस वर्षको एसइई परीक्षा यही ७ चैतबाट सुरु हुँदै छ ।