
ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
बैंकले सार्वजनिक गरेको योजनाअनुसार विद्यार्थीले अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कलगायतमा उक्त छुट पाइने भएको हो । त्यसैगरी, भाषा परीक्षाअन्तर्गत आयल्स, टोफेल, स्याट, जिम्याट, पिटिई, एसिटीलगायतको शुल्क अनलाइनमार्फत भुक्तानी गर्दा ५० प्रतिशत छुट पाइने बैंकले जनाएको छ । यो योजना १५ भदौ ०८२ सम्म लागू हुनेछ ।
अन्तर्राष्ट्रिय भुक्तानी सेवामा सेवाग्राहीले आवश्यक कागजात पेश गरेपपछि बैंकले ५० प्रतिशत छुट दिनेछ ।