मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
संजित परियार काठमाडौं
२o८१ फाल्गुण २९ बिहीबार १४:o४:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

होलीमा रमाउँदै विदेशी पर्यटक (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १४:o४:oo

फागुपूर्णिमाको अवसरमा आज नेपालको पहाडी क्षेत्रमा रंगको पर्व होली मनाइएको छ । काठमाडौंको वसन्तपुर, टुँडिखेल, दरबारमार्गलगायतका क्षेत्रमा होली विशेष सांस्कृतिक कार्यक्रम राखिएको छ ।

आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । केही वर्षअघिसम्म उपत्यकामा आपसमा पानी र रङ छ्यापाछ्याप गरेर मनाउने यो वर्ष पछिल्ले समय सभ्य बन्दै गएको छ । यसै अवसरमा काठमाडौंको वसन्तपुरमा विदेशीहरूले होली मनाएका छन् ।

आज काठमाडौंको वसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाए । उनीहरू वसन्तपुर, ठमेललगायतका क्षेत्रमा रंगिएर हिँडेको दृश्य देखिन्छ । वसन्तपुरलगायत काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होली मनाउनेहरूको चहलपहल छ । ठाउँ–ठाउँमा होली विशेष कार्यक्रम पनि आयोजना भइरहेका छन् । विशेष होली पर्व मनाउनकै लागि पनि विभिन्न देशबाट पर्यटकहरू नेपाल आउने गर्छन्।

हेर्नुस् तस्बिरहरू :