मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २९ बिहीबार
  • Friday, 14 March, 2025
२o८१ फाल्गुण २९ बिहीबार १३:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निकुञ्ज नचाहिने भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २९ बिहीबार १३:३o:oo

बर्दियाको भुरिगाउँ चिसापानी खण्डको बलातीमा निकुञ्ज नचाहिने भन्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् । जंगली हात्तीको आक्रमणबाट ठाकुरबाबा नगरपालिका– २ बलातीका ७० वर्षीय बोलीराम थारूको मृत्यु भएपछि आक्रोशित हुँदै स्थानीय निकुञ्ज नचाहिने भन्दै राजमार्ग अवरुद्ध  गरेका हुन् ।

राजमार्ग अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका यातायातका साधनहरू ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि यात्रीले सास्ती भोग्नुपरेको छ । सडक सुरक्षाका लागि सुरक्षा निकायका प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि सरकारले ध्यान नदिएको भन्दै  स्थानीयले  राजमार्ग अवरुद्ध गरेको  स्थानीयवासीले छवि लम्सालले बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आन्दोलनरत पक्ष र बर्दिया राष्ट्रिय निकुञ्ज, प्रशासन वार्ता गरेर राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताइन् ।

बुधबार राति  करिब ११ बजे बारीमा गहुँ खान आएको जंगली हात्ती  लखेट्न  गरेको जाने क्रममा हात्तीको आक्रमणबाट थारूको मृत्यु भएको ठाकुरबाबा नगरपालिका– २ का वडाध्यक्ष कमल चपाईंले  बताए । हात्तीको आक्रमणबाट थारूको मृत्यु भएपछि त्रसित बनेको स्थानीयले निकुञ्ज नचाहिने भन्दै आन्दोलन गरेका छन् ।