मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
२o८१ फाल्गुण २२ बिहीबार २o:o७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जेसिज कपको सेमिफाइनलमा बलेवा र सुधार केन्द्र

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार २o:o७:oo

बागलुङ जेसिजको आयोजनामा बागलुङमा जारी तेस्रो जेसिज कप प्रतियोगितामा बलेवा एफसी र बाग्लुङ सुधार केन्द्र सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा पहिलो र दोस्रो जेसिज कपको उपाधि जितेको श्रीमेहर गणलाई स्तब्ध बनाएर बलेवा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। बलेवाले श्रीमेहरलाई सडन डेथमा ६–५ ले पाखा लगाउँदै अन्तिम चारको स्थान पक्का गरेको हो।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएसँगै सडनडेथमा बलेवा भाग्यमानी बनेको हो। दुवै टिमले बराबरी खेलेपछि खेल सीधै पेनाल्टी सुटआउटमा पुगेको थियो। पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १–१ गोल रोकेपछि ४–४ बराबरी भएको थियो। सडनडेथमा बलेवाले जित निकाल्दै सेमिफाइनल प्रवेश गर्दा साबिक विजेता विभागीय टिम श्रीमेहर गण भने प्रतियोगिताबाटै बाहिरिएको छ।

पेनाल्टीमा बलेवाको लागि विनेक खत्री, विवेक नेपाली, रोशन थापा क्षेत्री, आकाश बसेल, सुदीप माझी र सुशान्त श्रेष्ठले गोल गरे भने आयुष पौडेलको प्रहार श्रीमेहरका गोलरक्षक विप्लप गुरुङले रोके। श्रीमेहरका मदन लिम्बु, विकास मगर, सुमन थापा, विप्लव गुरुङ र सागरकृष्ण परियारको प्रहार गोलमा परिणत हुँदा घनेन्द्र तुम्बापोको प्रहार बलेवाका गोलरक्षक कुशल नेपालीले बचाए। श्रीमेहरका खुमबहादुर कटवालको प्रहार भने गोलपोस्टमा लाग्दै बाहिरियो। खेलमा बलेवाका गोलरक्षक कुशल नेपाली प्लयेर अफ द म्याच घोषित भए।

यस्तै, बिहीबारको दोस्रो खेलमा साबिक विजेता बाग्लुङ सुधार केन्द्रले जिल्ला प्रहरी कार्यालय बाग्लुङलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गर्‍यो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। खेलको ५६औँ मिनेटमा प्रशन्न श्रेष्ठको गोलबाट सुधार केन्द्रले अग्रता लिएको थियो। सुधार केन्द्रको लागि अतिरिक्त समयको छैटाैँ मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरेका हुन्। यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगितामा गुराँस गुठी युनाइटेड र पर्पल हेज-एभिएम सेमिफाइनल प्रवेश गरिसकेका छन्।

प्रतियोगितामा भोलि शुक्रबार दुवै सेमिफाइनल खेल हुने जेसिज बाग्लुङका अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताए। शुक्रबार पहिलो सेमिफाइनल खेल बलेवा एफसी र गुराँस गुठी युनाइटेडबिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल पर्पल हेज-एभिएम र बाग्लुङ सुधार केन्द्रबिच हुनेछ।