मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण २२ बिहीबार
  • Thursday, 06 March, 2025
२o८१ फाल्गुण २२ बिहीबार १९:२५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ताप्लेजुङमा मिक्वाखोलाको ४ नं वडाले पहिलोपटक स्थानीय उत्पादनको मूल्य निर्धारण गर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण २२ बिहीबार १९:२५:oo

ताप्लेजुङ जिल्लामा पहिलोपटक मिक्वाखोला गाउँपालिका वडा नं. ४ ले खाद्यान्न, पेय पदार्थ, मासुलगायतका स्थानीय उत्पादनको मूल्य निर्धारण गरेको छ।

खसीको मासु प्रतिकिलो ६ सय रुपैयाँ, बंगुर तथा सुँगुरको मासु प्रतिकिलो ४ सय रुपैयाँ, राँगाको मासु प्रतिकिलो ३ सय रुपैयाँ तोकिएको वडाध्यक्ष सदन कुमार सावाँले बताए। वडामा लापरवाही तरिकाले दैनिक उपभोग्य सामान विक्रि वितरण गर्न थालेपछि बाध्य भएर सबै सामानको मूल्य निर्धारण गर्नुपरेको उनको भनाइ छ।

वडा कार्यालयले बाख्राको मासु प्रतिकिलो ५ सय रुपैयाँ र लोकल कुखुराको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ निर्धारण गरेको छ। यसैगरी, अन्न बालितर्फ धान प्रतिपाथी २५० रुपैयाँ, मकै प्रतिपाथी ३०० रुपैयाँ, कोदो र गहुँ प्रतिपाथी ३०० रुपैयाँ, जौ प्रतिपाथी २५० रुपैयाँ, भटमास प्रतिपाथी ८०० रुपैयाँ र आलुको बिउ प्रतिपाथी ३०० रुपैयाँ निर्धारण गरेको वडाध्यक्ष साँवाले जानकारी दिए। 

यसैगरी, घिउको मूल्य प्रतिमाना ३०० रुपैयाँ तोकिएको छ। वडा कार्यालयले घरेलु मदिराको समेत मूल्य निर्धारण गरेको छ। लोकल रक्सी प्रतिबोतल १५० रुपैयाँ, तोङ्वा १२५ रुपैयाँ र निघार प्रतिबोतल १०० रुपैयाँ तोकिएको अध्यक्ष साँवाले जानकारी दिए।

वडाले घरेलु कामदारको ज्याला (पारिश्रमिक) पनि तोकेको छ। पुरुष कामदारका लागि एक दिनको ५०० रुपैयाँ र महिला कामदारका लागि ४०० रुपैयाँ तोकेको जानकारी दिँदै उनले तोकिएको मूल्यमा मात्रै कारोवार गर्न वडाबासीलाई अनुरोध गरेका छन्। वडाका सवै टोलबाट सुझाव संकलन गरी वडा कार्यसमितिको बैठक बसी उपभोग्य वस्तुको मूल्य निर्धारण गरिएको वडाध्यक्ष सावाँले बताए।