
सन् २००९ मा लाहोरको गद्दाफी रंगशालाबाट बाहिरिने क्रममा श्रीलंकाली खेलाडी सवार बसमाथि १२ आतंककारीले अन्धाधुन्ध गोली चलाएका थिए । ६ प्रहरी तथा दुई सर्वसाधारण मारिएको घटनापछि आइसिसीले पाकिस्तानलाई अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न प्रतिबन्ध लगाएको थियो ।
सन् २००९ मा लाहोरको गद्दाफी रंगशालाबाट बाहिरिने क्रममा श्रीलंकाली खेलाडी सवार बसमाथि १२ जना आतंकवादीहरूले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । आतंकारीको आक्रमणमा श्रीलंकाका ६ेलाडी घाइते भए । ६ प्रहरी तथा दुई सर्वसाधारण आक्रमणमा मारिए । तत्कालीन श्रीलंकाका कप्तान महेला जयवर्धने, उपकप्तान कुमार सांगाकारा, थिलान समाराविरा, थरांगा परानताना, चामिदा भास तथा सुरागा लकमाले आतंकारीको आक्रमण कहिले बिर्सन सक्दैनन् । उनीहरू बालबाल बचेका थिए ।
आतंकारीहरूले एके–४७ र ६–७ आरपिजी गनले श्रीलंकाली टोलीमाथि आक्रमण गरेका थिए । उनीहरूबाट २२ देखि ७० ग्रेनाइड बरामद गरिएको थियो । पाकिस्तानी सरकारले रंगशालाबाटै विशेष सुरक्षाका साथ घाइते खेलाडीका साथ श्रीलंकाली टोलीलाई सुरक्षित स्थानमा पुर्याइएको थियो । विश्व क्रिकेटकै एक अप्रिय घटना भएको मार्चमा १६ वर्ष पूरा हुँदै छ । अन्तर्राष्ट्रिय क्रिकेटमा लाहोर आक्रमणलाई एक कालो दिनका रूपमा लिइन्छ ।
पाकिस्तानमा सुरक्षा व्यवस्था अत्यन्तै फितलो र आमनागरिकहरूको ज्यान जोखिम भएकाले खेल आयोजना गराउन नसकिने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को ठहर थियो । यसैकारण पाकिस्तानमा लगभग सात वर्ष कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल भएन । सन् २०११ मा एकदिवसीय विश्वकप क्रिकेटको सहआयोजक बनेको पाकिस्तानले एक खेल पनि खेलाएन । तर, पछिल्लो समय पाकिस्तान सरकारले नागरिक तथा विदेशीहरूको सुरक्षामा शतप्रतिशत प्रतिबद्धता दिँदा आइसिसीले यहाँ अन्य अन्तर्राष्ट्रिय खेल आयोजना गर्न अनुमति दिएको छ ।
यसैको उदाहरणस्वरूप आइसिसी च्याम्पियन्स ट्रफी हो । १६ वर्षपछि पाकिस्तानले आइसिसीको ठुलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्न अवसर पाएको हो । अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानले आफ्नो छवि सुधार गर्न ठुलो मौका पाएको विज्ञहरूले बताएका छन् । ‘पाकिस्तानले आइसिसी च्याम्पियन्स ट्रफी सफलतापूर्वक आयोजना गर्दा छवि सुधार हुनेछ,’ विज्ञले भनेका छन्, ‘पाकिस्तानी सरकार र पिसिबीले यो मौका गुमाउनुहुन्न ।’ प्रतियोगितामा आठ टेस्ट राष्ट्रले भाग लिँदै छन् । समूह ‘ए’ मा बंगलादेश, भारत, न्युजिल्यान्ड र आयोजक पाकिस्तान छन् । समूह ‘बी’मा अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड र दक्षिण अफ्रिका रहेका छन् । प्रतियोगिताको बुधबार पहिलो खेलमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध खेल्नेछ ।
सुरक्षामा चुनौती
पछिल्लो केही समययता पाकिस्तानमा आतंकारीहरूको हमलामा कमी आएको छ । तर, त्यहाँका जनता निर्धक्कसाथ दैनिक जीवन बिताउन सकिरहेका छैनन् । अहिले पनि पाकिस्तानले आफूलाई आतंकवाद पूर्ण रूपमा निर्मूल भइसकेको सन्देश दिन सकेको छैन । सरकारले च्याम्पियन्स ट्रफीका सहभागी खेलाडीहरूलाई विशेष सुरक्षा व्यवस्था अपनाएको दाबी गरेको छ । होटेलदेखि भेन्युसम्म भिभिआइपीको सुरक्षा व्यवस्था प्रदान गर्ने आयोजकले जनाएको छ । अपरिचित व्यक्तिहरूलाई होटेल प्रवेश रोक लगाएको छ । साथसाथै खेलाडीहरूलाई पनि होटेलबाट बाहिर जान ‘सुरक्षा प्रोटोकल’ पार गर्नुपर्ने निर्देशन छ ।
स्वेच्छाले खेलाडीलाई होटेलबाहिर जान अधिकार दिएको छैन । फेरि आठ वर्षपछि हुन लागेको च्याम्पियन्स ट्रफीमा कुनै अप्रिय घटना नहोस् भनेर पाकिस्तानी सरकारले १० हजार सुरक्षाकर्मीलाई विभिन्न खेल स्थानमा खटाइएको छ । कराँची, लाहोर तथा रावलपिन्डीका होटेलमा आर्मीका विशेष गार्ड व्यवस्था गरिएको पिसिबीका अध्यक्ष मोसिन नाभीले बताए । ‘सरकारले प्रतियोगिता दौरान सबैलाई सुरक्षाको प्रत्याभूति दिलाउन विशेष रणनीति अपनाएको छ,’ उनले भने, ‘आर्मीबाहेक रंगशाला परिसरमा १० हजार प्रहरी तैनाथ हुनेछन् ।’
पाकिस्तानमा नजाने भारतको अडान
छिमेकी राष्ट्र भारतले पाकिस्तानमा नखेल्ने अडान राखेको छ । भारत र पाकिस्तान एकै समूहमा छन् । प्रतियोगिता यी दुईबिच प्रतिद्वन्द्वीको खेल युएईमा हुनेछ । सरकार र भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले पाकिस्तानको सुरक्षामा आफूहरू ढुक्क हुन नसकेको जनाउँदै आफ्ना खेलाडीलाई त्यहाँ प्रतिस्पर्धा गराउन नसकिने अडान राखेको छ । सन् २००९ को मार्चपछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन । भारत आफ्नो अडानबाट पछि नहट्ने भएपछि आइसिसीले पाकिस्तानमा हुने प्रतियोगिता ‘हाइब्रिड मोडेल’ अपनाएको छ । यसअनुसार भारतका सबै खेल युएईको मैदानलाई ‘तटस्थ’ मानेको छ । सन् २०२३ मा पनि एसिया कप दौरान भारत र पाकिस्तानबिचको खेल कोलम्बोमा भएको थियो । दुई वर्षअघिको एसिया कपको आयोजक पाकिस्तान नै थियो ।
सन् २०१५ मा जिम्बाबेको भ्रमण
आतंककारीको हमलापछि पाकिस्तानमाथि अन्तर्राष्ट्रिय जगत्ले प्रतिबन्ध लगायो । आइसिसीले पनि सुरक्षाको कारण देखाउँदै अन्तर्राष्ट्रिय खेल आयोजना गर्न दिएन । यसबिच पाकिस्तानले लगभग सात वर्ष युएईलाई घरेलु मैदानका रूपमा प्रयोग गरेको थियो । तर, सन् २०१५ मा जिम्बाबेले पाकिस्तानको भ्रमण गर्यो । सात वर्षको अवधिमा विदेशी टोली पाकिस्तानमा आउने जिम्बाबे पहिलो राष्ट्र बनेको थियो । त्यसपछि बिस्तारै यहाँ क्रिकेट माहोल बढ्दै गएको हो । सन् २०१७ मा आइसिसीले लाहोरमा फाप डु प्लेसिसको कप्तानीमा रहेको विश्व ११ अन्तर्गत तीन खेल आयोजना गरेको थियो । सो यता श्रीलंका, वेस्ट इन्डिज र बंगलादेशले पाकिस्तानमा आएर खेलेका छन् ।