मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ४ आइतबार
  • Wednesday, 12 March, 2025
फाइल तस्बिर
२o८१ फाल्गुण ४ आइतबार १३:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जलनसम्बन्धी विधेयक पारित र जलन केन्द्र स्थापना गर्न सांसदको माग [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ४ आइतबार १३:४३:oo

रास्वपा सांसद विन्दवासिनी कंसाकारले आफूले सात महिनाअघि संसदमा दर्ता गराएको जलनसम्बन्धी विधेयक पारित गर्न माग गरेकी छिन् ।

आइतबार प्रतिनिधिसिभाको आकस्मिक समयमा बोल्दै सांसद कंसाकारले यस्तो माग गरेकी हुन्। जलन जसलाई जुन वेला जहाँ पनि हुन सक्ने उल्लेख गर्दै उनले पेसागत सुरक्षा नहुँदा जलनसम्बन्धी दुर्घटना भइरहेको बताइन् । 

‘नेपालमा अकुपेसनल हेल्थ एन्ड सेफ्टीलाई प्राथमिकता दिइँदैन, जसका कारण उच्चपदस्थ व्यक्तिसमेत दुर्घटनाको सिकार भइरहेका छन् । थिंक सेफ्टी डु सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित हुन भएन,’ उनले भनिन्, ‘त्यसैले जलन जसलाई जुनवेला जहाँ पनि हुन सक्छ । यसले ठुलो मान्छे सानो मान्छे भन्दैन । जसको पनि ज्यान जान सक्ने, अपांग हुन सक्ने सम्भावना हुन्छ।’

सात महिनाअघि दर्ता गराएको जलनसम्बन्धी विधेयक पारित गर्न माग गर्दै उनले भनिन्, ‘जलन केन्द्र स्थापना गरौँ। र, आवश्यक स्रोतसाधन, दक्ष जनशक्ति तथा आपतकालीन उद्धार प्रणालीमा नेपाल सरकारको ध्यानाकर्षण होस् ।’