मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ फाल्गुण ३ शनिबार
  • Wednesday, 19 February, 2025
२o८१ फाल्गुण ३ शनिबार o५:५२:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

फागुन ३ देखि ९ गते सम्मको साप्ताहिक राशिफल

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ फाल्गुण ३ शनिबार o५:५२:oo

ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको फागुन ३ गते शनिबारदेखि ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्नुहोस् 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान मिल्ने योग छ । प्रेमको बन्धन कसिने समय रहेको छ । व्यावसायिक यात्राको योग बनेको छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयर बजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्नाले धन आर्जन गर्न सकिनेछ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : शत्रु तथा प्रतिस्पर्धीको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । नयाँ व्यवसायबाट मनग्य आमदानी हुनेछ । साताको अन्त्यमा धार्मिक यात्राको योग छ । मांगलिक कार्य अगाडि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) : ढिलै भए पनि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बिचमा अवरुद्ध बन्न सक्छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : सामाजिक कामले सम्मान दिलाउनेछ ।  व्यापार बढ्नुको साथै आम्दानीमा वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुका साथै रमाइलो वातावरणमा समय व्यतीत गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : व्यापार व्यावसायमा समय दिन सके मनग्य आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा धातु संग्रहको योग रहेको छ । आँट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । शैक्षिक यात्राको योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : साताको प्रारम्भमा पैतृक सम्पत्तिको प्रयोगमार्फत मनग्य धन आर्जन गर्न सकिनेछ । साझेदारीमा गर्न लागेका कामबाट जस मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ ।विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्य धन आर्जन गर्न सकिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्य धनलाभ हुनेछ । आफन्त वा साथीभाइले निःस्वार्थ भावले सहयोग गर्नेछन् । साताको अन्त्यमा नयाँ ज्ञान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : नयाँ काममा लगानी गर्दा अभिभावकको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । बुधबार  र बिहीबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ । वैवाहिक कार्य अगाडि बढ्नेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा सोचेजस्तै प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहने योग रहेको छ । बुधबारदेखि आफन्तबाट टाढिनु पर्नेछ  व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । काम बिगार्ने मानिसहरूको सक्रियता बढ्ने हुँदा विशेष सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : घरमा मांगलिक कार्यको शुभारम्भ हुनेछ । आयआर्जनका नयाँ  स्रोत फेला पर्नेछन् । तर, श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ । बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुनेछ । छोटो दूरीको यात्रा फलदायी रहला । नयाँ जिम्मेवारी प्राप्तिको योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । बोलीको भरमा काम सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ ।बहुमूल्य धातु तथा बिलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । साताको अन्त्यमा अकस्मात् धन कमाउने योग छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसक बढ्नेछन् । सहयोगीले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ ।  साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ ।