मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २८ सोमबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २८ सोमबार o८:१९:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

कार्टुनिस्ट रवि मिश्रको ‘दिव्याको क्रिस्टल बल’ लोकार्पण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २८ सोमबार o८:१९:oo

कार्टुनिस्ट रवि मिश्रले बाल कथासंग्रह ‘दिव्याको क्रिस्टल बल’ ल्याएका छन् । नयाँ पत्रिकाकर्मी मिश्रको ‘दिव्याको क्रिस्टल बल’, अस्मिता वादीको ‘जुन र किरी’, अनामिका गौतमको ‘इभा मख्ख, आमाबुबा छक्क’, दीपमाला महर्जनको ‘स्मार्ट आद्या’ र रेणुका जिसीको ‘चमत्कारी घडी’ आइतबार राजधानीमा लोकार्पण गरिएको हो ।

सांग्रिला बुक्स र रुम टु रिड नेपालको सहकार्यमा तयार भएका चित्र पुस्तकहरू अनुदिता बस्नेत, आद्याश्री पौडेल, देवांश आर भट्टराई, मारिया काफ्ले र सर्वज्ञ पौड्यालले सामूहिक रूपमा लोकार्पण गरेका हुन् । 

सामाजिक मनोविज्ञानमा आधारित कथाहरूमा अनामिका गौतम, प्रज्वल थापामगर, रवि मिश्र र सरिष्मा अच्छामीले चित्र बनाएका छन् । नेपाली र अंग्रेजी भाषामा प्रकाशित पुस्तकको अंग्रेजी अनुवाद अवनी गिरीले गरेका हुन् ।

लेखक मिश्रका अनुसार ‘दिव्याको कृस्टल बल’ बालबालिकाको सामाजिक मनोविज्ञानसँग सम्बन्धित कथाको सँगालो हो । पुस्तकमा कृस्टल बलसँगको उसको भावनात्मक र त्यो बल जोगाउन उसले खेपेको हैरानीको कथा छ । यसमा कथासँगै चित्रहरू पनि समावेश गरिएका छन् ।