मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार १o:o५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नागढुंगा सुरुङमार्ग परियोजनाको ८५ प्रतिशत काम सकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार १o:o५:oo

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग परियोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । आयोजना कार्यालयले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार वित्तीय प्रगति भने ७६.८८ प्रतिशत पुगेको छ । 

ठेक्का प्राप्त गर्ने जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर ०२० (पुस ०७७) देखि सुरुङ खन्न सुरु गरेको थियो । त्यसको चार वर्षमा करिब ८५ प्रतिशत काम सम्पन्न भएको देखिएको हो ।  

यस्तै, हालसम्म ४८.९० प्रतिशत सडक कंक्रिट गरिएको छ । परियोजनामा सुरुङभित्र र बाहिरका गरेर ६.४७ किमि लामो सडक छ, त्यसमा हालसम्म ३.१६ किमि सडक कंक्रिट भइसकेको छ । यस परियोजनाअन्तर्गतका सडकलाई कालोपत्रे नभएर विशेष प्रविधि प्रयोग गरी कंक्रिट गरिएको छ । परियोजनामा मुख्य र रेस्क्यु गरेर दुई सुरुङमार्ग हुनेछन् । पश्चिम धादिङको सिस्नेरीबाट सुरु भएको सुरुङमार्ग काठमाडौं नागढुंगामा निस्कनेछ । २६ सय ८८ मिटरको मुख्य सुरुङमार्ग ३ वैशाख र २५५७ मिटरको रेस्क्यु टनेल भने २२ साउन ०८० मा छिचोलिएको थियो । त्यसपछि मुख्य टनेल र क्रस प्यासेजमा कंक्रिट लाइनिङ (भित्ता र सिलिङको कंक्रिटिङ)को काम सम्पन्न भइसकेको छ । त्यसपछि सडक कंक्रिट गर्न सुरु गरिएको हो । 

मुख्य टनेलको लेनलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (सिआरसिपी) प्रविधिबाट कंक्रिट गरिँदै छ । त्यसतर्फ हालसम्म १७०७ मिटर सडक कंक्रिट भएको छ, अब ९८१ मिटर सडक कंक्रिट गर्न बाँकी छ । 

यस्तै, सुरुङबाहिरको सडक लेनलाई भने ‘रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (आरसिपी) प्रविधिमा क्रंकिट गरिँदै छ । यसअन्तर्गत दुई हजार ८०० मिटर सडक लेन कंक्रिट गर्नुपर्नेछ, त्यसमा हालसम्म ८७७ मिटर सडक लेन कंक्रिट गरिएको छ । अब २२ सय ४९ मिटर सडक क्रंकिट गर्न बाँकी छ । 

यस्तै, सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने ‘जोइन्ट रिइन्फोस्र्ड कंक्रिट पेवमेन्ट’ (जेआरसिपी) प्रविधिमा क्रंकिट गरिँदै छ । यसअन्तर्गत ९८३.८२ मिटर सडक कंक्रिट गर्नुपर्नेछ । त्यसमा हालसम्म ५८० मिटर सडक कंक्रिट गरिसकिएको छ । अब ४०३ मिटर सडक भने कंक्रिट गर्न बाँकी छ ।