काठमाडौंको कमलपोखरीस्थित सान्दार मःम रेस्टुरेन्टमा भएको आगलागीमा ११ जना कामदार घाइते भएका छन्। ग्लास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिहान सवा ८ बजे आगलागी भएको हो । ‘ग्यासका खाली सिलिन्डर हटाउने क्रममा लिक भएर आगलागी भएको छ,’ उनले भने, ‘११ जना घाइते भएका छन्, जसमा दुईजना गम्भीर छन् ।’ घाइतेहरूको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेहरू रेस्टुरेन्टका कामदारहरू हुन्।