मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २३ बुधबार १७:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बहस नसकिएपछि रवि लामिछाने न्यायिक हिरासतमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार १७:३३:oo

जिल्ला अदालत चितवनमा बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ। बिहीबार अदालतमा पेस गर्ने गरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो। 

साहारा चितवन सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा लामिछाने बुधबार बिहान अदालतमा उपस्थित भएका थिए। उनको बयान सकिएर थुनछेक बहस सुरु भए पनि नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो। 

चितवनस्थित साहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडियामा गएको र लामिछानेले पनि सो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको छ।