जिल्ला अदालत चितवनमा बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ। बिहीबार अदालतमा पेस गर्ने गरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो।
साहारा चितवन सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा लामिछाने बुधबार बिहान अदालतमा उपस्थित भएका थिए। उनको बयान सकिएर थुनछेक बहस सुरु भए पनि नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।
चितवनस्थित साहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडियामा गएको र लामिछानेले पनि सो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई पनि प्रतिवादी बनाइएको छ।