रवि लामिछानेविरुद्ध चितवनको सहारा सहकारीको रकम अपचलनमा दुई करोड ७० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार मुद्दा दायर गरेको हो । गोर्खा मिडियामा सहकारीबाट १० करोड ८० लाख रुपैयाँ गएको र त्यसलाई गोर्खा मिडियाका चार सञ्चालकलाई सामुयिक दायित्व बनाइएको छ ।
लामिछानेसहित ३२ जनाविरुद्ध करिब ३८ करोड बिगो कायम गरी मुद्दा दायर भएको हो । लामिछानेविरुद्ध चितवनमा ठगीको अभियोग मात्र लगाइएको छ । कास्की, काठमाडौं र रुपन्देहीमा संगठित अपराधको मुद्दा पनि चलेको थियो ।
सहकारीबाट गोर्खा मिडियामा पैसा लैजाने प्रक्रियामा संलग्न नभएको र प्रबन्ध निर्देशकका रुपमा चेक काटेर खर्च गर्ने भूमिकामा मात्र देखिएकाले उनीविरुद्ध संगठित अपराधको अभियोग नलगाइएको जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलले बताए ।