मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
२o८१ माघ २२ मंगलबार १९:१६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकार दलाल बिचौलियाहरूको हितमा केन्द्रित भयो : अध्यक्ष प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १९:१६:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार दलाल, बिचौलियाहरूको हितमा केन्द्रित भएको दाबी गरेका छन्। नेकपा माओवादी केन्द्र बागलुङ र बागलुङ नगर समितिको संयुक्त आयोजनामा भएको अगुवा कार्यकर्ताहरूसँगको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले जनताको इच्छाविपरीत काम गरेको र दलाल, बिचौलियाहरूको हितमा सरकार केन्द्रित भएकोले जनताले फेरि देशमा परिर्वतन चाहेको बताए।

संविधानको भावनाविपरीत बनेको सरकारले जनादेशविपरीत काम गरिरहेको भन्दै उनले अब पार्टीका सबै नेता र कार्यकताहरू एकताबद्ध भएर जनताको घरदैलोमा सरकारको भण्डाफोर गर्नुपर्ने बताए। ‘संविधानको भावनाविपरीत बनेको सरकारले जनादेशविपरीत काम गरिरहेको छ, त्यसैले पार्टीका सबै नेता र कार्यकता एकताबद्ध भएर जनताको घरदैलोमा जानू,' उनले भने, ‘जनताले फेरि माओवादीको नेतृत्वमा सरकार बनेको हेर्न चाहेका छन्।

जनताको मर्मअनुसार काम गर्ने अब पालो हाम्रै हो, त्यसका लागि हामी विपक्षी मिलेर सरकारमाथि दबाब ल्याउने नीति ल्याएका छौँ। समाजवादी मोर्चा निर्माण भएको छ, यहाँबाट पनि सरकारको विरुद्धमा दबाब दिन्छौँ। 
उनले माओवादी केन्द्र नै परिवर्तनको बहाव भएको हुँदा मुलुकको विकास माओवादीकै नेतृत्वमा रहेको बताए।

प्रचण्डले जनता, सहिद, घाइते र बेपत्ता परिवारकहाँ गएर उनीहरूकै सल्लाह र जनइच्छाले आफू हिँडेको र अबको दिनमा जनताकै सल्लाहअनुसार पार्टी संगठन सञ्चालन गर्ने बताए। उनले भने, ‘हामी जनताको भावनाअनुसार अलि चल्न सकेका छैनौँ, यी गल्ती स्वीकार गरेर पुनः जनतामाझ जानुपर्दछ,' उनले भने, ‘हामी सच्चिएर गयौँ भने उपनिर्वाचनमा हामीप्रति दिएको जनताको जनमत टेलर हो। आगामी निर्वाचनमा पहिलो हुनेछौँ।’ उनले देशमा दिगो विकास, रोजगारी सिर्जना र सामाजिक न्यायको लागि आफू एक्लैले केही गर्न नसक्ने, तर जनता र पार्टीको बलमा धेरै कुरा सम्भव भएकोले पार्टी र जनवर्गीय संगठनका नेतृत्वले अभियान बनाएर जनताको पक्षमा काम गर्नुपर्ने बताए।

अध्यक्ष प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै सहमतिमा नेताहरूको जिम्मेवारी हेरफेर गरेर जनतामा जाने अभियानको गृहकार्य गरिएको बताए। उनले बागलुङ जिल्ला आन्दोलनका हिसाबले ऐतिहासिक जिल्ला भएको हुँदा यहाँ माओवादीको संगठन झनै बलियाे भएर जाने विश्वास व्यक्त गरे।