मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २३ बुधबार oo:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

जातीय विभेदमा संलग्नमाथि कारबाही गर्न नेपाली कांग्रेसको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार oo:o३:oo

नेपाली कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागले जातीय विभेदका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ पत्रिका र कान्तिपुर दैनिकमा मंगलबार प्रकाशित जातीय विभेदका समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै विभागले छानविन र कारबाहीको माग गरेको हो । 

विभाग प्रमुख लक्ष्मी परियारद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘ दिनहु जसो संचार माध्यममा आउने जातिय भेदभाव र छुवाछुतजन्य घटनाहरुले समग्र समाजलाई लज्जित तुल्याएको छ । दलित समुदायले अझै पनि मानव अधिकारको उपभोग गर्न नपाएको स्थिीतलाई समेत हृदयंगम गर्दै माथि उल्लेखीत घटनाहरुलाई गंभिर रुपमा लिई घटनामा संलग्न जो कोही व्यक्ति, परिवार र निकायलाई कानुनी कारबाहीको दायरामा ल्याई आवश्यक छानविन गर्न र पिडितलाई उचित क्षतिपूर्तीको समेत व्यव्स्थासँगै विवाह गर्ने दम्पतिको जीवन रक्षा गर्न गराउँन नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’