मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २२ मंगलबार २१:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रास्वपाले बोलायो संसदीय दलको बैठक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार २१:२७:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। उपनेता विराजभक्त श्रेष्ठले बुधबार दिउँसो २ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरूको अन्तरवस्तुमा छलफल हुनेछ। अन्तरवस्तु अध्ययन गर्न गठित कार्यदलले रिपोर्ट प्रस्तुत गर्नेछन्। यसैगरी, अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचनामाथिको सभामा हुने छलफललाई रचनात्मक बनाउने रणनीति तय गरिनेछ। 

साथै, २४ गते बस्ने बैठकमा उठाउनुपर्ने मुद्दाहरू पनि तय गरिने उपनेता श्रेष्ठले बताए।