Skip This
अछाममा एकैघरका फुपू–भदै जंगलमा मृत भेटिए
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १३ आइतबार
  • Thursday, 30 January, 2025
२o८१ माघ १३ आइतबार ११:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अछाममा एकैघरका फुपू–भदै जंगलमा मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १३ आइतबार ११:३६:oo

अछाममा एकैघरका फुपू–भदै जंगलमा मृत अवस्थामा भेटिएका छन् । जिल्लाको ढकारी गाउँपालिका– ८ घोडासैनस्थित पल्साँताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया ईश्वरा खड्का मृत अवस्थामा भेटिएका हुन् ।

गत शुक्रबार बाख्रा चराउन जंगल गएका उनीहरू गाउँपालिकाकै वडा नम्बर १ शोडषा सामुदायिक वनको चिन्ने ओढारस्थित एघारेभिरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

विद्याप्रबोधनी माविमा कक्षा आठमा अध्ययनरत उनीहरू गोठालो गएको दिन घर नफर्किएपछि स्थानीयले खोजतलासका क्रममा शनिबार साँझ ५ बजेतिर एघारेभिरको छेउमा १० मिटरको दूरीमा उनीहरूको शव भेटाएपछि प्रहरीलाई खबर गरेको स्थानीय रामबहादुर भण्डारीले बताए । 

आइतबार बिहानै घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल र प्रहरी नायब उपरीक्षक भण्डारीसहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू दुवैजना भिरबाट खसेको हुन सक्ने अनुमान गरिएको भण्डारीले बताए । 

यद्यपि, घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ । अनुसन्धानका लागि कोहलपुरबाट ल्याइएको कुकुर पनि घटनास्थलमा परिचालन गरिएको छ । अहिले मृतक दुवैजनाको शवको मुचुल्का भइरहेको र पोस्टमार्टमका लागि सदरमुकाम मंगलसेन लैजाने तयारी भइरहेको छ ।