मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २० आइतबार २१:o२:oo
Read Time : < 1 मिनेट
समाचार

पाथवे अनुसन्धान तथा तालिम केन्द्रले गर्‍यो प्रशिक्षार्थीलाई दीक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार २१:o२:oo

पाथवे अनुसन्धान तथा तालिम केन्द्रले तीनमहिने मन्टेसरी शिक्षक तालिम पूरा गरेका प्रशिक्षार्थीलाई दीक्षित गरेको छ। शनिबार काठमाडौंमा आयोजित  कार्यक्रममा केन्द्रले प्रशिक्षार्थीलाई दीक्षित गरेको हो। 

कार्यक्रममा केन्द्रका प्रबन्ध निर्देशक रमेशजंग कुँवरले प्रशिक्षार्थीहरूलाई शिक्षामा आधारित शिक्षण विधिहरूलाई समावेश गरी तालिम दिएको बताए। ‘हामी प्रि–प्राइमरी तहका उत्कृष्ट शिक्षक उत्पादन गर्ने उद्देश्यका साथ मन्टेसरी, प्रारम्भिक बाल्यवस्था शिक्षा तथा शिक्षामा आधारित शिक्षण विधिहरूलाई समावेश गरी तालिम प्रदान गर्दै आएका छौँ,’ उनले भने, ‘यसको प्रभावकारिता बढ्छ भन्ने विश्वास छ।’

यस्तै, पाथवे मन्टेसरी विभागकी प्रधानाध्यापक बिमा केसी कुँवरले प्रशिक्षार्थीहरूको सिप अभिवृद्धिमा केन्द्रित हुँदै तालिम दिने गरेको बताइन्। कार्यक्रमकी प्रमुख अतिथि तथा लैंगिक तथा सामाजिक समावेशीकरणविज्ञ सीता बोहराले महिलाहरू नै प्रि–प्राइमरी शिक्षाका लागि सर्वश्रेष्ठ शिक्षक बन्न सक्ने बताइन्। 

काठमाडौं विश्वविद्यालयका शिक्षक नवीन मरासिनीले विज्ञान, प्रविधि, इन्जीनियरीङ, कला तथा गणितशास्त्र (एटिइएएम) शिक्षाको महत्वको बारेमा प्रकाश पार्दै शिक्षण पद्धति समयानुकूल परिमार्जन गर्नुपर्ने बताए।