मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Sunday, 02 February, 2025
२o८१ माघ २० आइतबार २२:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग

ज्वालामुखी गाउँपालिकाले जित्यो अन्तरपालिका लोक दोहोरीको उपाधि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार २२:३७:oo

जिल्ला सदरमुकाम धादिङबेँसीमा जारी अन्तरपालिका लोक दोहोरी प्रतियोगिताको उपाधि ज्वालामुखी गाउँपालिकाले जितेको छ । उक्त उपाधि ज्वालामुखी गाउँपालिकाका संगिना मगर र सुरेन्द्र मगरको समूहले हात पारेका हुन् । 

ज्वालामुखी गाउँपालिकाका कलाकार गजुरी गाउँपालिकाका कलाकारलाई पछि पार्दै विजय भएका हुन् । गजुरी गाउँपालिकाको सफल अर्याल र सीता बराल प्रतियोगितामा द्धितिय भए । यस्तै, सिद्धलेक गाउँपालिकाका भावना अर्याल र प्रदिप बराईली र नीलकण्ठ नगरपालिकाका सुरेन्द्र न्यौपाने र सन्जु लामाको समूह भने बराबर अंक प्राप्त गरी तृतिय भएका छन् ।

प्रतियोगितामा विजयी प्रथम, द्धितिय र तृतिय भएका समूहलाई क्रमशः ५० हजार, ३० हजार र १५/१५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र वितरण गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङकी अध्यक्ष कमला गैरेले जानकारी दिइन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङले आयोजना गरेको महोत्सव २२ माघसम्म चल्ने महोत्सव मुल आयोजक समितिका संयोजक दिपक कोइरालाले बताए । २० माघसम्म सञ्चालन गरिने भनिए पनि विशेष कारणवस दुई दिन समय थप गरिएको संयोजक कोइरालाको भनाइ छ ।