Skip This
इतिहासमा आज
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ११ शुक्रबार o८:५९:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार o८:५९:oo

सन् २०२३ : हिन्डेनबर्ग रिसर्चले उसकै भनाइअनुसार अडानी समूहमाथिको दुई वर्षको अध्ययनपछि जारी गरेको भनेको स्टकमा जालझेलसम्बन्धी  खुलासापछि कम्पनीले १०८ अर्ब डलर गुमायो । 

सन् १७८९ : फ्रान्सका राजा लुई सौह्रौँले १७५ वर्षपछि देशको संसद् (स्टेट्स–जनरल)को बैठक आजकै दिन बोलाए । मे ५ मा पहिलोपटक बैठक बसेसँगै फ्रान्सेली क्रान्तिको जग बस्यो ।

सन् १८४८ : क्यालिफोर्नियाको कोलोमा क्षेत्रमा सञ्चालित एक काठमिलका सञ्चालक जेम्स मार्सलले उनका कार्यक्षेत्रमा सुन भेट्टाएपछि । यस खोजले क्यालिफोर्नियामा सुन खोज्न आउनेको ताँती सुरु ग¥यो । जुन पछि गएर सान फ्रान्सिस्कोलगायत कैयौँ नयाँ सहर बसाउन सहयोगी बन्यो ।  

सन् १८५७ : दक्षिण एसियाको पहिलो पूर्णस्तरको विश्वविद्यालय कलकत्ता विश्वविद्यालय आजकै दिन खुलेको थियो । 

सन् १९०३ : अमेरिकी विदेशमन्त्री जोन हे र तत्कालीन ब्रिटिस उपनिवेश क्यानडाका लागि बेलायती दूत हर्बटबिच अलास्काको सीमारेखा तोक्ने सहमति बन्यो । १८९० को दशकमा अलस्कावरपर सुन भेटिएपछि ब्रिटिस–क्यानडा र अमेरिकाबिच विवाद सुरु भएको थियो । 

सन् १९६२ : देखि करिब एक दशकसम्म गरिएको यस कार्यको विगतमा अमेरिकाले खण्डन गर्दै आएको थियो । यसले पर्यावरण र मानव स्वास्थ्यमा दिगो असर गर्ने भएकाले युद्धकार्यमा कीटनाशक औषधीको प्रयोगको विरोध हुने गर्छ । 

सन् १९६४ : अमेरिकी संविधानको २४औँ संशोधनले कर नतिरेका नागरिकलाई मताधिकार प्रयोग गर्नबाट रोक्न नमिल्ने व्यवस्था ग¥यो । 

सन् १९६५ : बेलायतका पूर्वप्रधानमन्त्री विस्टन चर्चिल मस्तिष्कघातका कारण ९० वर्षको उमेरमा बिते । 

सन् १९८२ : अमेरिकी वायुसेनाले विगतमा भियतनाम युद्धको समयमा आफूहरूले भियतनामको छिमेकी देश लाओसमा लुकेका छापमारलाई कमजोर बनाउन त्यहाँ व्यापक परिमाणमा कीटनाशक औषधी छरेको स्विका¥यो ।