Skip This
स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका स्याङ्जा
२o८१ माघ ११ शुक्रबार १३:२१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, स्याङ्जा
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार १३:२१:oo

स्याङ्जाका केही किसानले व्यावसायिक रूपमा आलुखेती थालेका छन् । गल्याङ, चापाकोट, भिरकोट, वालिङका किसानले व्यावसायिक रूपमा आलुखेती थालेका हुन् ।

यस वर्ष स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताए । गत वर्ष एक हजार ८५० रोपनीमा आलुखेती गरिएको थियो । ‘जिल्लामा आलुखेती हुने क्षेत्रफल वृद्धि भएको छ, क्षेत्रफल वृद्धि हुँदा उत्पादन पनि वृद्धि हुन्छ,’ उनले भने, ‘यस वर्ष पनि उत्पादन वृद्धि हुने संकेत देखिएको छ ।’ आलुखेती गर्ने किसानलाई स्थलगत प्राविधिक प्रशिक्षण, बिउ खरिदमा अनुदान, सिँचाइ, रोगकिरा व्यवस्थापन, ग्रेडिङ, प्याकिङ, भण्डारण र बजारीकरणका लागि ज्ञान केन्द्रले सहयोग गर्दै आएको उनले बताए ।

जिल्लामा कृषक समूह, सहकारी व्यावसायिक फार्ममार्फत व्यक्तिगत र सामूहिक रूपमा आलुखेती गरिएको छ । ‘विभिन्न जातका बिउ आलु उत्पादनमा स्याङ्जा आत्मनिर्भर रहेको छ, बिउ आलु जिल्लाबाट अन्यत्र पनि निर्यात हुने गरेको छ,’ उनले भने, ‘खायन आलु जिल्लामा उत्पादन भएकाले नपुगेकाले अन्यत्रबाट आयात गर्नुपर्ने अवस्था रहेको छ, व्यावसायिक आलु उत्पादनतर्फ किसान आकर्षित हुने क्रम बढ्दै गएकाले उत्पादन पनि वृद्धि हुँदै जानेछ ’

किसानले बिउ आलु छनोट गर्न सक्ने, उत्पादन भएपछि त्यसको भण्डारण र बजारीकरणका विषयमा पनि बुझ्दै गएकाले अबका वर्षहरूबाट किसानले सीधै बजारीकरण गर्न सक्नेछन् । कुन हावापानी र भूगोलमा कुन जातको आलु लगाउँदा उपयुक्त हुन्छ सो अध्ययन गरेर बिउ सिफारिस गर्ने गरेको उनले बताए । जिल्लामा जनकदेव, खुमल उज्ज्वल, कार्डिनल, एमएस ४५, रोजिटालगायतका उन्नत जातको बिउ आलु लगाउने गरिएको छ ।