Skip This
गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमार्फत सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिने
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ११ शुक्रबार
  • Friday, 24 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ११ शुक्रबार १३:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गरिमा विकास बैंकको डेबिट र क्रेडिट कार्डमार्फत सुरक्षित रूपमा अनलाइन भुक्तानी गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ११ शुक्रबार १३:२८:oo

ग्राहक वर्गहरूलाई सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको आफ्नो डिजिटल बैंकिङ सेवालाई थप गुणस्तरीय एवं ग्राहकमैत्री बनाउने उद्देश्यका साथ गरिमा विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) को सहकार्यमा विकास बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत सीधै रकम भुक्तानी गरी विभिन्न अनलाइन प्लाटफर्महरूमार्फत वस्तु तथा सेवा खरिद गर्न सकिने इ–कमर्स सेवाको सुरुवात गरेको छ ।

उक्त सेवा सञ्चालन गर्न चाहने विकास बैंकका डेबिट तथा क्रेडिट कार्डहोल्डर ग्राहकहरूले यस विकास बैंकमा सम्पर्क गरी आफ्नो कार्डमा इ–कमर्स सुविधा सञ्चालन गर्न सक्नेछन् जसबाट सुरक्षित, गुणस्तरीय एवं ग्राहकमैत्री अनलाइन भुक्तानीको अनुभव गर्न सकिनेछ ।

अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्ने ग्राहकहरूको यस विकास बैंकमा रजिस्टर गरिएको मोबाइल नम्बरमा ओटिपी जाने व्यवस्था मिलाइएको हुँदा कारोबार थप सुरक्षित एवं गुणस्तरीय हुने विश्वास रहेको छ ।

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, एक एक्स्टेन्सन काउन्टर र ५१ एटिएम साथै नवीनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आइरहेको छ ।