मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Monday, 20 January, 2025
नयाँ पत्रिका बिर्तामोड
२o८१ माघ ७ सोमबार १४:o१:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिर्तामोडमा सोफा हब काठमाडौंको नयाँ शाखा विस्तार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, बिर्तामोड
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १४:o१:oo

सोफा उत्पादक कम्पनी ‘सोफा हब काठमाडौं’ले झापाको बिर्तामोडमा आफ्नो आठौँ शाखा  सञ्चालनमा ल्याएको छ।  आइतबार उक्त नयाँ शाखाको उद्घाटन व्यवसायी दुर्गा प्रसाईंले गरे । उक्त नयाँ शाखाको उद्घाटन भव्यताका साथ नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईंले गरेका हुन्। बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा छ।

सोफा हब बिर्तामोडको उद्घाटन समारोहमा नागरिक बचाउ अभियानका अध्यक्ष प्रसाईंले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले सोफा हबजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे। प्रसाईंले भने, ‘सोफा हबजस्ता उद्योगहरूले मात्र नभई, स्वदेशी उत्पादनको प्रवर्द्धनले समग्रमा मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याउँछ।’ 

सोफा र फर्निचरको दुनियाँमा ‘सोफा हब बिर्तामोड’ बिर्तामोड क्षेत्रकै सबैभन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको छ। तीनतले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरू प्रदर्शनमा राखिएका छन्। पहिलो र दोस्रो तल्लामा विभिन्न डिजाइनका सस्तादेखि महँगा सोफाहरू रखिएको छ भने तेस्राे तलामा फर्निचरका सामान जस्तै बेड, दराज, डाइनिङ टेबल, ड्रेसिङ टेबल, टिभी सोकेसलगायतका सामान रखिएको छ। 

सोफा हब काठमाडौं तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौंका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम एक लाखभन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए। कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी र पुरानो सोफाको सट्टापट्टा सुविधाजस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।

सोफा हब काठमाडौंले नेपालमा नै आफैँले उत्पादन गरेको सोफा र फर्निचरका सामानहरू आफ्ना शाखामा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अध्यक्ष तारालाल धरेलका अनुसार कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरि  ग्राहकहरूको मन जित्न सफल भएको छ। 

काठमाडौंको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौंमा गोठाटार, सामाखुसी र कलंकी गरी तीनवटा, चितवनमा दुईवटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा एउटा गरी जम्मा आठवटा शाखा सञ्चालनमा छन्। सोफा हबले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौंको कलंकीमा ‘सोफा हब काठमाडौं’को  रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ। 
 
सोफा र फर्निचरको दुनियाँमा आफ्नो स्थान मजबुत बनाउँदै आएको सोफा हब काठमाडौंले १६८ जनालाई प्रत्यक्ष रोजगार र एक हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिएको छ भने आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत आफ्नो उपस्थिति विस्तार गर्ने योजना बनाएको छ। सोफा हब काठमाडौंले आफूले उत्पादन गरेको सामान देशभरि नै डेलिभरी दिँदै आएको छ।