मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार ११:२o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कजारियाको ‘डिलर्स मिट’ कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार ११:२o:oo

कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंमा डिलर्स मिट कार्यक्रम गरेको छ । कार्यक्रममा नेपालभरिबाट एक सयभन्दा बढी डिलरको सहभागिता रहेको थियो । कजारिया सिरेमिक्स लिमिटेड इन्डियाका संयुक्त प्रबन्ध निर्देशक चेतन कजारिया र ऋषि कजारियाले डिलरसँग संवाद गर्दै सम्बन्ध अझ मजबुत बनाउन भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रमको प्रमुख आकर्षण कजारिया रमेश टायल्स लिमिटेडको नयाँ अन्तर्राष्ट्रिय गुणस्तरको ३० बाई ६० सिएम सिरेमिक वाल टायलको भव्य सार्वजनिक प्रदर्शन थियो । आधुनिक प्रविधिले बनेको यस टायलले उत्कृष्ट डिजाइन र मजबुतीको उदाहरण प्रस्तुत गरेको कम्पनीको दाबी छ । नेपालमा पहिलोपटक यसलाई प्रस्तुत गर्दै, कजारियाले बजारमा ५० भन्दा बढी विशेष र स्टाइलिस डिजाइन ल्याउने बताइएको छ । 

कजारियाले डिलरका लागि अर्डर बुकिङ योजनासमेत सुरु गरेको छ, जसमा अर्डर गर्ने डिलरले सुन र चाँदीको पुरस्कार पाउनेछन् । साथै, कम्पनीले आफ्नो विदेश यात्रा योजनाका विजेता पनि घोषणा गरेको छ, जसमा उत्कृष्ट प्रदर्शन र योगदान देखाएका २५ जना डिलरलाई जापानको, १३ जना डिलरलाई थाइल्यान्डको र ६ जना डिलरलाई सिंगापुरको टिकट वितरण गरिएको छ । यस कार्यक्रमले कजारियाका डिलर नेटवर्कलाई अझ मजबुत बनाउन र नेपालमा गुणस्तरीय उत्पादन ल्याउने प्रतिबद्धतालाई बलियो बनाउने नयाँ अध्यायको सुरुवात गरेको कम्पनीको भनाइ छ ।