मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
२o८१ माघ ३ बिहीबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दीबासमा भूकम्प उद्धार अभ्यास सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १३:५o:oo

महोत्तरीको बर्दीबास नगरपालिका– ४ कामीडाँडास्थित श्री माध्यमिक विद्यालयको प्रांगणमा २७औँ भूकम्प सुरक्षा दिवस मनाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नं. ३९ रिजर्भ गण हे.क्वा. महोत्तरीको संयुक्त आयोजनामा दिवस मनाइएको हो।

मधेश प्रदेश सरकारका गृह, सञ्चार र तथा कानुनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यतामा मनाइएको कार्यक्रममा भूकम्पपश्चात् तालिम प्राप्त सुरक्षाकर्मीहरूले उपलब्ध स्रोत र साधनले कसरी छिटो र छरितो रूपमा उद्धार कार्य गर्ने भन्ने विषयको नमुना अभ्यास गरिएको थियो। 

कार्यक्रममा मन्त्री लेखीले विपत् व्यवस्थापनसम्बन्धी सशस्त्र प्रहरी बलद्वारा गरिएको नमुना अभ्यास ‍एकदमै महत्त्वपूर्ण रहेको र यस्ता कार्यक्रमले विपत् पूर्वतयारीका लागि महत्त्वपूर्ण योगदान दिने बताउँदै सशस्त्र प्रहरी बल, नेपालले विपत् उद्धार कार्यमा गरेको योगदानको प्रशंसा गरे।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले प्रत्येक प्रदेशमा विपत् व्यवस्थापन गर्नका लागि प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिमार्फत सुरक्षा निकायलाई अझ सबल र सक्षम बनाउन विपत् उद्धार सामग्रीहरू प्रदान गर्ने साथै विद्यालयस्तरमा विपत् उद्धारका पूर्वतयारी अभ्यासहरू बढीभन्दा बढी आयोजना गरी समुदायलाई नै बलियो बनाई क्षति न्यूनीकरण गर्न सकिने धारणा राखे।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले नेपाल विपतकाे दृष्टिकोणबाट जोखिमपूर्ण रहेको उल्लेख गर्दै पूर्वतयारीलाई व्यापक बनाई क्षति न्यूनीकरण गर्न सकिने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले फरकफरक प्रकृतिका विपत् व्यवस्थापनमा प्रयोग हुने उपकरण तथा औजारहरूको समेत प्रदर्शन गरेको थियो।