प्रधानमन्त्री केपी ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका छन्।
प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरूले स्वागत गरेका थिए।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन गरेका छन्।
१७ करोड रुपैयाँको लागतमा बनेको भवनको उद्घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरे।