मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
फाइल तस्बिर
२o८१ माघ १ मंगलबार १o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटको तारुकामा आज गोरुजुधाइ प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार १o:१५:oo

माघेसंक्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, बेत्रावतीलगायत स्थानमा गोरुजुधाइ प्रदर्शनी गरिँदै छ । माघेसंक्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरुजुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र बेत्रावतीमा २५ हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएको छ ।

नुवाकोटको तारकेश्वर गाउँपालिका– ३ तारुकाको चन्दनीमा गोरुजुधाइ प्रदर्शनीका लागि १४ हल गोरु दर्ता भएको माघेसंक्रान्ति गोरुजुधाइ महोत्सव समितिका संयोजक मदन श्रेष्ठले जानकारी दिए । उनका अनुसार किसानले पालेकामध्येबाट जुधाइका लागि तोकिएका मापदण्ड पूरा गरेका गोरु दर्ता भएका छन् ।

‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित आयोजना गरिएको कार्यक्रममार्फत संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन केन्द्रित गरिँदै आएको संयोजक श्रेष्ठको भनाइ छ । तारुकाको गोरुजुधाइको सुरुवात बझांगी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह तारुकास्थित मामाघरमा आउँदा १८८७ सालमा गोरु जुधाएर मनोरञ्जन दिएकाले त्यसैको निरन्तरता भनिए पनि इतिहासमा उक्त तथ्य पुष्टि भएको पाइन्न ।

यस्तै, माघेसंक्रान्ति पर्वका अवसरमा नुवाकोट र रसुवाको संगमस्थल बेत्रावतीमा ११ हल गोरु दर्ता भएका छन् । गोरु जुधाउन किसानले पालेकामध्येबाट उत्कृष्ट ११ हल गोरु दर्ता गरेर गोरुजुधाइ प्रदर्शनी गर्न लागिएको आयोजक गोसाइँकुण्ड युवा क्लबले जनाएको छ ।

माघेसंक्रान्ति मनाउने क्रममा आजै नुवाकोटको बेलकोटगढी नगरपालिका– ५ दुईपिपल, लिखु गाउँपालिका–३ सूर्यमतिको कट्टीछाप, पञ्चकन्या गाउँपालिका– ३ पिपलडाँडा, शिवपुरी गाउँपालिका– ५ शेराबगरलगायत स्थानमा पनि गोरुजुधाइ प्रदर्शनी गरेर किसानले संक्रान्ति पर्वलाई हर्षोल्लासका साथ मनाउने गरेका छन् ।