मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १ मंगलबार
  • Tuesday, 14 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ १ मंगलबार o८:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

माघी र माघेसंक्रान्तिले सामाजिक सदभाव र एकताको सन्देश प्रवाह गर्दछ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ १ मंगलबार o८:o४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ माघी तथा माघेसंक्रान्तिले सामाजिक सदभाव र एकताको सन्देश प्रवाह गर्ने बताएका छन् । माघी तथा माघेसंक्रान्तिको अवसरमा शुभकामना दिँदै उनले यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेका छन्। 

उनको शुभकामना सन्देशमा भनिएको छ– 
सम्पूर्ण नेपालीहरू, विशेषतः थारू तथा मगर समुदायका दिदीबहिनी र दाजुभाइहरूलाई माघी–माघेसंक्रान्ति–मकरसंक्रान्ति पर्वको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा यो पर्वले सुख, शान्ति, समृद्धि र सामाजिक एकताको भावना जगाओस् भन्ने कामना गर्दछु।

यो पर्व किसानहरूले नयाँ कृषि सिजनको सुरुवातको रूपमा मनाउँछन्। जाडोयामको अन्त्य र वसन्त ऋतुको आगमनलाई संकेत गर्ने यो पर्व सामूहिक खानपान र सांस्कृतिक गतिविधिमा आधारित छ, जसले सामाजिक सदभाव र एकताको सन्देश प्रवाह गर्दछ।

माघेसंक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व हो। यसले नेपाली समाजको विविधता, परम्परा र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबिच आपसी सहकार्य र सदभावको भावना अझ बलियो बनाउने प्रेरणा दिन्छ।

हरेक नयाँ कामको सुरुवात गर्ने र जीवनका चुनौतीहरूको सामना गर्न ऊर्जा प्रदान गर्ने यस पर्वले नेपालमा विविध संस्कृति र समुदायबिच आपसी सहयोग र भाइचारा अभिवृद्धि गर्नेछ भन्ने विश्वास लिएको छु।