मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २८ आइतबार
  • Sunday, 12 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २८ आइतबार २२:४८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

जलस्रोतका इन्जिनियरको १५ ठाउँमा घरजग्गा, ३१ तोला सुन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २८ आइतबार २२:४८:oo

जलस्रोत तथा सिँचाइ विभाग पूर्वइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकुत सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनको चार करोड ८८ लाख ३० हजार ३२९ रुपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले त्यसबराबरको सम्पत्ति जफतको माग गरी मुद्दा दायर गरेको हो।

आयोगका अनुसार उनले १५ ठाउँमा अकुत आर्जनबाट घरजग्गा खरिद गरेका थिए। ललितपुर, भक्तपुर, धादिङमा रहेका त्यस्ता १५ घरजग्गा रोक्का गरी जफतको माग लिइएको छ । उनको स्थायी घर धादिङबेशी हो। जहाँ पुख्र्याैली बाहेक उनले प्रशस्त जग्गा खरिद गरेको आयोगको अनुसन्धानमा खुलेको थियो।

त्यस्तै, बैंकको लकरमा ३१ तोला सुनको पनि स्रोत पुष्टि गर्न नसकेको भन्दै त्यसलाई पनि जफतको माग गरिएको छ । 

३० असार ०४६ मा सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठको ३१ असार ०७७ सम्मको सम्पत्ति आयोगले जाँच गरेको थियो। श्रेष्ठले २०७७ को साउनमा राजीनामा दिएर जागिर छाडेका थिए। 

अधिकृतस्तरको पदमा काम गरेका उनले अस्वभाविक सम्पत्ति रहेको भन्दै आयोगले छानविन थालेको थियो। उनीसँग सरकारी मुल्याङकनअनुसार कुल १६ करोड १३ लाख पाँच हजार ५२८ रुपैयाँबराबरको सम्पत्ति देखिएको त्यसमध्ये चार करोड ८८ लाख भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको अभियोग छ।

आयोगले सम्पत्ति जफतका लागि उनकी पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरि कुमार श्रेष्ठ, आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेक श्रेष्ठलाई समेत प्रतिवादी बनाएको छ। 

उनका बुबा हरिकुमारको नाममा ज्योति विकास बैंकमा ४० हजार ६ सय ५० कित्ता शेयर रहेकोमा त्यसमध्ये नौ हजार कित्ता अख्तियारले रोक्का राखेको छ । 

जफतको मागदाबी लिइएका उनका घरजग्गा र सुन