मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २८ आइतबार
  • Monday, 13 January, 2025
रासस ललितपुर
२o८१ पौष २८ आइतबार २२:४२:oo
Read Time : < 1 मिनेट
समाचार

ललितपुर महानगरद्वारा पाटन अस्पतालको शवगृह स्तरोन्नति

Read Time : < 1 मिनेट
रासस, ललितपुर
नयाँ पत्रिका
२o८१ पौष २८ आइतबार २२:४२:oo

ललितपुर महानगरले पाटन अस्पतालमा रहेको शवगृहको स्तरोन्नति गरिदिएको छ । विगतमा चारवटा शव राख्न मिल्ने शवगृहको स्तरोन्नतिपश्चात् अब २४ वटा शव राख्न मिल्ने गरी व्यवस्थापन गरिएको महानगरले जनाएको छ ।

नवनिर्मित शवगृह उद्घाटनका लागि आज आयोजित कार्यक्रममा महानगरप्रमुख चिरीबाबु महर्जनले अस्पताललाई शव व्यवस्थापनका लागि सहजहोस् भन्ने उद्देश्यले महानगरले आवश्यक सहयोग गरेको बताए । ‘हरेक किसिमबाट मृत्युु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा पाटन अस्पतालमा समस्या भएको जानकारी पाएपछि हामीले रकम व्यवस्थापन गरेर शव व्यवस्थापन गृह निर्माण गरिदियौँ, यो हाम्रो दायित्व पनि हो,’ उनले भने । 

कोरोना महाकारीको समयमा पाटन अस्पतालमा अक्सिजन नभएर हम्मेहम्मे पर्दा पनि सहयोग गरेर बिरामीको शय्यामा अक्सिजन पुर्यउन व्यवस्थापन गरिएको महानगरप्रमुख महर्जनले स्मरण गरे । उनले जाउलाखेलस्थित सदर चिडियाखाना र पाटन अस्पताल महानगरको गौरव भएको बताउँदै यी दुवै संस्थामा कुनै पनि समस्या आउनासाथ सहयोग गर्न महानगर तयार रहेको बताए । 

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले कोरोना महामारीदेखि हालसम्म महानगरले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । 

अस्पतालका निर्देशक प्राध्यापक डा‍ रवि शाक्यले व्यवस्थित शवगृहको अभावमा लासमाथि शब खप्ट्यार राख्नुपर्ने अवस्था रहेकामा महानगरको सहयोगपछि अब त्यो अवस्था नआउने बताए । अस्पतालका ‘फरेन्सिक’ विज्ञ डा‍ सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शवगृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताइन् ।