मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २८ आइतबार
  • Sunday, 12 January, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २८ आइतबार १८:४५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘सार्वजनिक पदमा रहेको कर्मचारीलाई विवेकको आधारमा निर्णय गर्ने अधिकार छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २८ आइतबार १८:४५:oo

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन्। गत २२ पुसमा मन्त्रालयले सात दिनभित्र स्पष्टीकरण बुझाउन उनलाई पत्राचार गरेको थियो। 

प्राधिकरणको बैठकमा फरक मत राखेको, सरकारलाई असहयोग गरेकोजस्ता आरोप लगाई हटाउने तयारीस्वरूप उनीसँग स्पष्टीकरण मागिएको थियो। फरक मत राखेको विषयमा उनले यो कर्मचारीको अधिकार भएको बताएका छन्।

उर्जा मन्त्रालय स्रोतबाट प्राप्त उनको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘सार्वजनिक पदमा रहेको कर्मचारीले आफ्नो विवेकमा उचित लागेको मत दिन र निर्णय गर्न सक्ने अधिकार हुने सार्वजनिक सेवाको विशेषता, अधिकार, कर्तव्य हुने व्यहोरासमेत अनुरोध छ।’ 

यस्तो छ कुलमानको स्पष्टीकरणः